arrow

विद्यार्थी राजनीतिः निर्वाचनमा २८ बर्षे उमेर हदबन्दी विरुद्ध सर्वोच्चमा रिट

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
supreme-court-nepal.jpeg
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राखिएको उमेर हदबन्दी हटाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
 
नेपाल ल क्याम्पसका विद्यार्थी शंकर गौतमलगायत २० जनाद्धारा दायर गरिएको रिट निवेदनमा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनमा उम्मेद्वार हुन गैरकानुनी रुपमा उमेर हदको प्रावधान राखेको उल्लेख गरिएको छ ।
 
आगामी फागुन १५ गते हुने निर्वाचनमा उम्मेद्वार हुन विश्वविद्यालयले २८ बर्षभन्दा कम हुनुपर्ने प्रावधान राखेको छ ।
 
सो प्रावधानको केही विद्यार्थीहरुले आलोचना गर्दै आएका छन् । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ