arrow

प्रचण्डमाथि गम्भीर आरोप, वाइसियल प्रहरीको निगरानीमा

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
prachanda.jpg.jpeg
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सत्तारुढ माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसियल) माथि निगरानी बढाएको छ । 
 
परिवर्तन विरोधीको प्रतिकार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई सार्वजनिक रुपमै निर्देशन दिएसँगै दुबै सुरक्षा निकायले दलका कार्यकर्ताबीच हुन सक्ने सम्भावित झडप र भीडन्तलाई रोक्न वाइसियलको गतिविधिमाथि निगरानी बढाएका हुन् । 
 
‘प्रधानमन्त्री स्वयंले आफ्ना कार्यकर्तालाई फरक विचार राख्नेविरुद्ध प्रतिकारमा उत्रिन निर्देशन दिनु पदीय हिसावले अशोभनीय र उत्तेजनामा आधारित छ’, एक प्रहरी एआईजीले भने, ‘यसबाट फरक मत राख्ने दलका कार्यकर्ताबीच भीडन्त र प्रतिशोध उत्पन्न हुनसक्ने भएरर हामीले बेलैमा आवश्यक सावधानी अपनाउन थालेका हौं ।’
 
प्रधानमन्त्रीले मंगलबार वाइसियलसहितको पार्टीको युवा संगठनको भेलामा परिवर्तन विरोधी शक्तिविरुद्ध जाइलाग्न निर्देशन दिएका थिए । 
 
उनको अभिव्यक्तिपछि प्रहरी र सशस्त्रले मातहतका युनिटलाई मौखिक परिपत्र गर्दै राजनीतिक गतिविधिको आवरणमा हुनसक्ने हिंसाजन्य गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएका हुन् । 
 
प्रहरीका पूर्व एआईजी नवराज ढकालले पनि प्रमको भनाई आवेश र उत्तेजनायुक्त भन्दै यसले शान्तिसुरक्षामा खलल पुग्नसक्ने बताए । 
 
अर्का पूर्वएआईजी गणेश राईले प्रमको अभिव्यक्ति आपत्तीजनक र पदीय पर्यादा विपरित भएको प्रतिक्रिया दिए । 
 
आगामी दिनमा वाइसियलले अपराधजन्य गतिविधि गरे त्यसको जिम्मेवार प्रचण्ड हुने समेत उनको धारणा छ । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ