arrow

राजदूतका लागि काँग्रेसले क–कसको नाम पठायो ?

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
congress-flag.jpg.jpeg.jpeg

काठमाडौं । मुख्य सत्तासाझेदार काँग्रेसले रिक्त १३ देशको राजदूत नियुक्तिका लागि सात जनाको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । सरकारले सोमबार १३ राजदूत नियुक्तीको सिफारिसको तयारी गरेको छ । काँग्रेसले दिब्यमणि राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, जगदिशचन्द्र पोखरेल, दिनेश भटराई र यज्ञ अधिकारीको नाम सिफारिस गरेको बताइएको छ ।

यस्तै, त्रिवि पूर्वउपकुलपति नवीनप्रकाश शाह, पूर्वराष्ट्रपति डा.रामवरण यादवका सल्लाहकार हरि शर्मा,  पूर्वमहान्यायाधिवक्ता महादेव यादव लगायतको नाम पनि चर्चामा थियो । काँग्रेसले औपचारिक रुपमा भने बाहिर नाम सार्वजनिक गरेको छैन ।
प्रधानमन्त्रीको नीजि सचिवालयले भनेको छ, ‘प्रधामन्त्रीले नाम चाँडै पठाउनुस् भन्नु भएको छ । बाँकी काम परराष्ट्रमन्त्रीले गर्दै हुनुहुन्छ ।’ सोमबार सिफारिस गर्ने कुरा आएको छ ।

राजनीतिक नियुक्तिका आधारमा हुनुपर्ने १३ राजदूतको ठाउँ खाली छ । राजदूत नियुक्त हुन बाँकी १३ देशमा नियुक्तिका लागि सत्ताधारीले भागबण्डा मिलाईसकेका छन् । काँग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेश केन्द्रीत दलका तर्फबाट भागबन्डा भएको हो ।

काँग्रेसको भागमा–६ , माओवादी केन्द्रको भागमा–४ जना र राप्रपा र मधेश केन्द्रित दलको भागमा–३ जना परेको बताइएको छ । माओवादीले यसअघि नै नाम टुंगाएको छ ।  माओवादीका तर्फबाट पदम सुन्दास, युमनाथ लम्साल, लक्की शेर्पा र महेन्द्र सिंहको नाम प्रस्ताव गरिएको छ । यद्यपि, सिंह गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा नियुक्त भएका छन् ।

अघिल्लो एमाले गठबन्धन सरकारका पालामा माओवादी केन्द्रबाट सिंह कतारका लागि, लक्की शेर्पा अस्ट्रेलियाका लागि, युवनाथ लम्साल डेनमार्कका लागि र पदम सुन्दास बहराइनका लागि सिफारिस भएका थिए । सरकार परिवर्तन हुनेवित्तिकै संसदीय सुनुवाई भइरहेका राजदूतलाई फिर्ता गरिएको थियो ।

साउदी अरेविया, दक्षिण कोरिया, इजरायल, दक्षिण अफ्रिका, ओमन, दुबई, जापान, बंगलादेश, श्रीलंका, डेनमार्क, अष्ट्रेलिया र म्यानमारमा राजदूत नियुक्त भएका छैनन् । वैशाखमा केपी ओली नेतृत्वको सरकारले २२ देशका लागि राजदुतहरु नियुक्तिको सिफारिस गरेको थियो ।

जसमा ८ जना परराष्ट्र सेवाबाट नियुक्त भएपनि राजनीतिक भागबण्डाका राजदूत नियुक्त हुन सकेनन् । राजदूतको खाली भएका मुलुकमा सहसचिवस्तरका कर्मचारीले कार्यबाहक राजदूतका रुपमा काम गरिरहेका छन् । कतिपय स्थानमा महावाणिज्यदूत समेत नियुक्त भएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ