arrow

आत्महत्या किन गर्छन् स्कुले विद्यार्थी ? कारण यस्तो

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
suicide.jpg.png
काठमाडौं । भिन्दा घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
 
एकै प्रकृतिका भए पनि दुबै घटना फरक हुन् । यी घटना एक अर्कामा तालमेल खाँदैनन् । एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिने तयारीमा रहेका दुवै विद्यार्थी पढाईमा राम्रै थिए । किन झुन्डिएर आत्महत्या गरे त ? कारण प्रहरीले खोज्दै होला ।
 
उद्दपी पछिल्लो समय स्कुले विद्यार्थीहरु विभिन्न कारणबाट आत्महत्या गर्ने प्रचलन बढ्न थालेको छ ।
 
विशेष गरी १० देखि १६ बर्षका स्कुले विद्यार्थीले आत्महत्या गरेको समाचार धेरै आइरहेका छन् । अभिभावक संघ नेपालका अध्यक्ष सुभप्रभात भण्डारी भन्छन्, ‘आखिर किन यस्तो भइरहेको छ त ?
 
यसको केही मनोवैज्ञानिक कारण हुन सक्छन् ।’
‘विद्यालयमा काउन्सिलर राख्ने नाममा डीआई राखेका कारण पनि कलिला विद्यार्थीमा यस्तो समस्या भएको हुनुपर्छ । 
 
जुनबेला पनि घोकन्ते विद्या र विद्यार्थीलाई बढी प्रेसर दिइने कारण यस्ता घटना बढ्दै गएको’ उनको बुझाई छ ।
 
अहिले स(साना कक्षाका विद्यार्थीले आत्महत्या गरेको खबरले नेपाली समाजलाई अचम्मित पार्न थालेको छ ।
 
टिनएजर स्कुले विद्यार्थीलाई सोसल एबिलिटीको बारेमा ज्ञान नभएका कारण यस्ता घटना बढ्न थालेको हो । 
 
स्कुले विद्यार्थीलाई एक्लो महसुस भएपछि आत्महत्या गर्ने घटना बढ्न थालेका छन् । उनीहरु चाडै रिसाउछन्, धैर्यताको विकास भएको हुदैन र परिवारमा एक्लो भएको महसुस गर्दै सानै उमेरमा आत्महत्या गर्ने गरेका छन् ।
 
अहिले त थोरै बच्चा हुन्छन्, आमाबुबासँग धेरै डिमान्ड गर्छन् । डिमान्ड पूरा गरिदिएनन् कि आत्महत्या गर्छन् ।
 
‘उनीहरुमा यौनजन्य द्वन्द बढी हुन्छ जे कुरा माग गर्यो कि त्यो कुरा तत्काल पुर्याएदिनुपर्छ सोसल नेटवर्क र फिजिकल कन्ट्याक्ट बढी भएको कारणले पनि स्कुले उमेरमा आत्महत्याको घटना बढेको हुनसक्छ ।’ – प्राध्यापक डा शान्ता निरौला, बाल मनोविज्ञान विशेषज्ञले बताइन् । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ