arrow

म्याग्दीको टिमुर अस्ट्रेलिया निकासी

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
timmur1.jpeg
बाबियाचौर (म्याग्दी)। यहाँ उत्पादन भएको टिमुर अस्ट्रेलिया निकासी को अन्तर्राष्ट्रिय बजार खोज्न थालिएको छ । 
 
बेनी नगरपालिका–१० तोरीपानीका कृषकले उत्पादन गरेको टिमुर यस वर्ष अस्टे«लिया निकासी भएको हो । काठमाडौँको फरेस्ट फर हेल्थ संस्थासँग समन्वय गरेर बजार परीक्षणका लागि अस्टे«लियामा १८० किलो टिमुर पठाइएको भुमेसिद्ध टिमुर सञ्जाल तोरीपानीका अध्यक्ष सागर बानियाँले जानकारी दिए । 
 
“यहाँबाट पठाएको टिमुरको गुणस्तर राम्रो भएको प्रतिक्रिया आएको छ,” बानियाँले भने “यसै वर्ष थप २० किलोग्राम टिमुर पठाउने तयारीमा छौं ।” आगामी वर्षदेखि गाउँमै प्रशोधन र प्याकेजिङ गरी निकासी गर्न पहल गरिएको उनको भनाइ छ । 
 
यसअघि विस २०७१ मा जर्मनीमा बजार परीक्षणका लागि ८० किलो टिमुर पठाइएको थियो । टिमुर अचार, दाल र चटनीमा तथा शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । न्यूनतम प्रतिकिलो रु एक हजार ४०० का दरले टिमुर बिक्री भइरहेको छ । 
 
यस वर्ष तोरीपानीबाट ३० लाख दुई हजारको  दुई हजार १६४ किलो टिमुर निकासी भएको छ । अस्टे«लियामा १८० किलो, मुस्ताङमा २०८, बेनीमा ४९६, पोखरा र काठमाडौँमा एक हजार २८० किलो टिमुर निकासी भएको छ । टिमुर बेचेर एउटा परिवारले वर्षमा रु ६० हजारसम्म आम्दानी गर्ने गरेका भुमेसिद्ध टिमुर सञ्जाल घतानका आनन्द रिजालले बताए । 
 
सञ्जालअन्तर्गत १९ वटा समूहमा आबद्ध करिब १०० घरधुरीले व्यावसायिक टिमुरखेती गर्दैआएका छन् । तोरीपानीमा टिमुरको नर्सरी समेत छ । यस वर्ष ५० हजार टिमुरका बिरुवाको माग आएको नर्सरी सञ्चालक सागर बानियाँलले बताए  । लमजुङ र पाल्पाबाट ४५ हजार तथा म्याग्दीबाट पाँच हजार बिरुवाको माग आएको उनले बताए  । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ