arrow

नेमकिपाको कार्यक्रममा मधेशी मोर्चाले अवरोध पुर्‍याएपछि सप्तरीमा तनाव

डेढ दर्जन मोर्चाका कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
Saptari-hamrakura.jpg.jpeg
काठमाडौं । नेपाल मजदूर किसान पार्टीको भातृ संस्था नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय अधिवेशन मधेशी मोर्चाका कार्यकर्ताहरुले अवरोध गर्न लागेपछि सप्तरीको राजविराजको स्थिती तनावग्रस्त बनेको छ । 
 
राजविराजको शिव मन्दिर प्राङगणमा संघको पूर्व निर्धारित कार्यक्रममा मोर्चाका नेता कार्यकर्ताहरुले विरोध गर्दै अवरोध बनाउन खोजेपछि त्इहाँ उच्च संख्यामा प्रहरी परिचालन भएको थियो । अहिले त्यहाँको स्थिती सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी दान बहादुर कार्कीले जानकारी दिए । 
 
कार्यक्रम अवरोध गर्न आउने डेढ दर्जन मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । मोर्चाका नेता कार्यकर्ताहरुले नेपाल मजदुर किसान पार्टी संघीयता र मधेस विरोधी पार्टी भएको भन्दै चर्काे नाराबाजी लगाउँदै आएको थिए । मोर्चा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरी घेरामा संघको राष्ट्रिय सम्मेलन सुरु भएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ