arrow

आर्सनलले टोटनह्यामलाई भेट्टायो, लिभरपुल लयमा बग्दै

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
arsanel.jpeg
इमाइरेट्स स्टेडियम । इङलिश प्रिमियर लिग फुटबलमा आर्सलले दोस्रो स्थानलाई मजबुद बनाएको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा हलसिटीमाथि २–० को जित निकाल्दै आर्सलले ५० अंकका साथ दोस्रो स्थानमा रहेको टोटनह्याम हट्सपरलाई भेट्टाएको हो ।
 
आर्सनललाई जिताउन दुवै गोल एलेक्सिस सान्चिजले गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका सान्चिजले अन्तिम समयमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका हुन् । फल खेलेपछि अन्तिम समयमा हल सिटीका साम क्लुकासले रातो कार्ड खाएका थिए । 
 
यता, टोटनह्यामले भने आफ्नो खेलमा लिभरपुलसंग २–० कै हार बेहोरेको छ । घरेलु मैदानमा खेलेको लिभरपुललाई महत्वपूर्ण जित दिलाउने क्रममा १६ औं र १८ औं मिनेटमा सादिओ मानेले गोल गरेका हुन् । यो जितले लिभरपुल पनि दोस्रो स्थानका लागि दावेदार बनेको छ । 
 
यता वाट्फोर्टलाई घरेलु मैदानमा २–० ले हराएको म्यानचेष्टर युनाइटेड पनि शीर्ष चारका लागि संघर्षरत छ । म्यानयुलाई जिताउन हुँवा माटा र एन्थोनी मार्सियलले एक एक गोल गरे । 
 
शनिबार रातिका अन्य खेलमा स्टोक सिटीले क्रिष्टल प्यालेसलाई १–० ले तथा साउथह्याम्पटनलले सन्डरल्याण्डलाई ४–० ले हरायो । 
 
मिडिल्सब्रो र एभर्टनले गोलरहित तथा वेष्टह्याम र वेष्टब्रोमले २–२ को बराबरी खेलेका छन् । 
 
लिगमा २४ खेलबाट ५९ अंकसहित चेल्सी शीर्ष स्थानमा कायमै छ । एक खेल बढी खेलेको टोटनह्याम ५० अंकसहित दोस्रो, समान अंकबाटै आर्सनल तेस्रो स्थानमा छ ।
 
लिभरपुल ४९ अंकसहित चौथो, एक खेल कम खेलेको म्यानचेष्टर सिटी पाँचौं तथा ४८ अंकको म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ । 
 
Hull's players appeal for a handball after falling 1-0 down to Arsenal at the Emirates Stadium on Saturday
Arsenal star Sanchez celebrates with the home fans and is joined by Kieran Gibbs and Hector Bellerin
Replays showed that Arsenal forward Alexis Sanchez scored his side's opener against Hull with his hand
The Chilean's initial shot bounced back off goalkeeper Eldin Jakupovic and onto his hand before crossing the line
Sam Clucas handles the ball on the line to stop Arsenal from doubling their lead in added time in the second half
The Hull player is shown a red card by referee Mark Clattenburg despite his best efforts to keep the ball out
Alexis Sanchez sends Eldin Jakupovic the wrong way from 12 yards out to wrap up the three points in the closing stages
Sanchez wheels away to celebrate his second goal of the day as the Gunners climbed above Manchester City into third
Theo Walcott and Harry Maguire's heads come together after a clash during the second half of Saturday's game
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ