arrow

स्ववियु निर्वाचनको प्रक्रिया सुरु, कसले मार्ला बाजी ?

संघ संगठन दर्ता गराउने आइतबार अन्तिम समय

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
काठमाडौँ । त्रिवि यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि निर्वाचन प्रक्रिया आइतबारदेखि सुरु भएको छ । निर्वाचन कार्यतालिकानुसार आइतबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिकी संयोजक प्रा डा सुधा त्रिपाठीले जानकारी गराइन् । 
 
उनका अनुसार निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्ने छन् । 
 
कार्यतालिकानुसार मङ्गलबार अपराह्न १ बजेसम्म मतदाता सूचीमाथि दाबी विरोध गर्ने र दाबी विरोधमाथि छानबिन गरी मङ्गलबार नै साँझ ५ बजेसम्म अन्तिम नामावाली प्रकाशन गरिने छ । 
 
यसैगरी यही फागुन ४ गते उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिने, फागुन ५ गते बिहान ११ देखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गरिने, फागुन ५ गते अपराह्न ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने र फागुन ६ गते उम्मेदवारको नामावलीमाथि दाबी विरोध गरिने कार्यतालिका छ । 
 
कार्यतालिकानुसार फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिने, फागुन ८ गते अपराह्न ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिइने र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तथा फागुन १४ गते मतदान हुने डा त्रिपाठीले जानकारी दिइन् ।  
 
त्रिविले २०६५ सालयता आठ वर्षपछि स्ववियु निर्वाचन २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्न थालेको छ । 
 
त्रिविले दुई पटक निर्वाचन घोषणा गरे पनि विद्यार्थीको विवादका कारण हुन सकेको थिएन । 
 
निर्वाचनमा सहभागी विद्यार्थी सङ्गठनले आइतबारसम्म क्याम्पस निर्वाचन समितिमा सङ्घसङ्गठन दर्ता गराउने अन्तिम मिति तोकिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ