arrow

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
investment-bank.jpeg
धनगढी । यहाँस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । 
 
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको  २३ लाख गायब भएको भन्ने ठाडो उजुरी आइतबार परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए । 
 
कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ । 
 
बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ