arrow

सुरु भयो प्यासिफिक बैंक र ग्लोबल आइएमई बैंकको एकिकृत कारोबार

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
image-0-02-03-4f80ad7215eb09f33ab377f3c7e09fbcb824d27a204e46c801efe49f5329dba2-V.jpeg
काठमाडौं ।प्यासिफिक बैंक  ग्लोबल आइएमई बैंकमा गाभिए पछि आइतबारबाट एक्विजिसन कारोबार सञ्चालन गरेको छ । एकिकृत कारोबारको  नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिंरजिवी नेपालले शुभारम्भ गरे । विगत ७ वर्ष देखि बैंकिङ्ग कारोवार गर्दै आएको प्यासिफिक डेभलपमेण्ट बैंक लिमिटेडको चुक्तापूँजी १३ करोड २९ लाख रुपैयाँ रहेको थियो  ।
 
प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेसँगै बैंकको कुल चुँक्ता पूँजी  ७ अर्व २४ करोड रहेको छ भने  कुल निक्षेप ८५ अर्व, कर्जा लगानी रु. ७२ अर्व ८८ करोड र ९४ वटा शाखा कार्यालय पुगेको कम्पनीले जनाएको  छ ।
 
 साधारणसभाले प्यासिफिक डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ६९.२६ कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपातमा पारित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ