arrow

निमित्त प्रहरी प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रहरी नियमावली संशोधन गरी प्राविधिक तर्फका पोखरेललाई नियुक्त गर्ने तयारी

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
police-news-aa-a.jpeg

काठमाडौं । प्रहरी प्रमुख नियुक्तिमा विवाद भएपछि संगठनको नेतृत्व सम्हाल्ने निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिन आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधि सोमबार मध्यरातीबाट सकिँदैछ । प्रहरी प्रमुखको पद खाली राख्न नहुने व्यवस्था अनुसार सरकारले विशेष निर्णय लिन लागेको हो । यसैबीच, प्रहरी नियमावली संशोधन गरेर सरकारले प्राविधिक तर्फका एआइजी दिनेशचन्द्र पोखरेललाई प्रहरीको निमित्त महानिरीक्षक नियुक्त गर्ने तयारी गरेको समेत बताइँदैछ ।

प्रहरी नियमावली संशोधन गरेर एक पटकका लागि प्राविधिक तर्फका एआइजीलाई निमित्त आइजिपीको जिम्मेवारी दिन लागिएको बताइएको छ । गृहमन्त्री विमलेन्द्र निधिले प्रहरी नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्दैछन् । प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र ९ जना एआइजी सोमबारबाट सेवानिवृत्त भएका छन् । मन्त्रिपरिषदले आइतबार बिहान प्रहरी महानिरीक्षक नियुक्त गरेका जयबहादुर चन्दलाई तत्काल काम नगराउनु भन्दै सर्वोच्चले अन्तरिम आदेश दिएपछि निमित्त प्रमुख नियुक्त गर्नु परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ