arrow

हेटौंडाको सडक विस्तार : एकलले भएन अब सर्वाेच्चको संयुक्त इजलासमा

पेशी भने सरेको सर्यै

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ फागुन ३ मंगलबार
Hetauda_Bazaar.jpeg
हेटौंडा । हेटौंडाको सडक विस्तारको विषयमा सर्वाेच्चले फेरि पेसी सारेको छ । सोमबार सर्वाेच्चका न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासमा बहस हुने भनिएपनि बहस गर्न दुबै पक्षलाई फाल्गुन १२ गते बोलाईएको हो । उक्त इजलासले सडक विस्तारको काम फाल्गुन १२ गतेसम्म रोक्नको लागि अल्पकालीन आदेश पनि दिएको छ । 
 
गत माघ १७ गतेको लागि पहिलोपटक तोकिएको पेशी २३ गतेसम्मको लागि सारिएको थियो । त्यसपछि पुनः दोस्रो पटक फाल्गुन २ गतेसम्मको लागि पेशी सारिएको थियो । तर, सर्वाेच्चले सो विषयमा धेरै मुद्दाहरु परेकोले सबैलाई एउटै इजलासमा बहस गराउने गरी १२ गतेसम्मको लागि सारेको बताएको छ । १२ गते संयुक्त इजलासमा यस विषयमा बहस हुने भएको छ । 
 
सडक विस्तारको क्रममा मुआब्जाको विषयमा असन्तुष्टि जनाउँदै यहाँका आन्दोलनरत स्थानीयले सडक विस्तारको काम रोक्न माग गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरेका थिए । यसैक्रममा उनीहरुले दायर गरेको रिट माथि माघ १९ गते उच्च अदालत हेटौंडाले सडक विस्तारको काम रोक्नु नपर्ने फैसला सुनाएको थियो ।  
 
उच्च अदालतका न्यायाधीसद्वय बाबुराम रेग्मी र नागेन्द्रलाभ कर्णको संयुक्त इजलासले बिहीबार यस्तो आदेश गरेको हो । हेटौँडाका कृष्ण प्रणामी मन्दिर परिसरका मन शाही लगाएत ९ जनाले केही दिन अघि अदालतमा रिट दायर गर्दै सडक विस्तार तत्कालको लागि स्थगित गराउन आदेश माग गरेका थिए । तर, छुटाछुटै रिट निवेदन उपर आदेश जारी गर्दै अदालतले तत्काल भत्काउने काम रोक्न नपर्ने भनेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ