arrow

ट्रम्पको व्यापारयुद्ध घोषणाले एशिया त्रसित, चीनसँगै भारतसमेत समस्यामा

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
काठमाडौं । अमेरिकी राष्ट्रपति बन्नासाथ डोनाल्ड ट्रम्पले घोषणा गरेको व्यापार युद्धका कारण एशिया विशेषगरी त्रसित बन्न पुगेको छ । आफ्नो मुलुकसँग व्यापारघाटा रहेका मुलुकहरुसँग व्यापारमा कडाई हुने भएपछि यी मुलुकहरु समेत त्रसित बन्न पुगेको ब्लुमवर्गमा छापिएको एक रिपोर्टले जनाएको छ । 
 
अमेरिकाले व्यापार युद्ध घोषणा गर्नुको मुख्य पात्र नेपालको छिमेकी मुलुक चीन हो । तर यसको मारमा भने भारत, जापान, भियतनाम समेत आफू यो नीतिबाट प्रत्यक्ष प्रभावित हुनसक्ने बारे  चिन्तित रहेको रिपोर्टले औंल्याएको छ । 
 
जापानले त यस विषयमा पटकपटक अमेरिकी राष्ट्रपति डा्नाल्ड ट्रम्प्सँग व्यापार नीतिको विषयमा छलफल समेत गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिजो आम्मेबीच अमेरिकी राष्ट्रपतिको रुपमा ट्रम्प आएपछि मात्रै दुईपटक भेटघाट र छलफल भईसकेको छ । दुबै भेट अमेरिकी व्यापार नीति र जापानसँगको सम्बन्धको विषयमा छलफल भएको बताईएको छ । 
 
व्यापार युद्ध अन्तर्गत् ट्रम्पले आफ्नो कर नीतिमा कडाई गर्ने तयारी गरिरहेका छन् । उनले विदेशबाट आयात हुने सामानमा करबृद्धि गर्ने तयारी गरिरहेका छन् । यस्तो नीतिले विशेषगरी एशियाली मुलुकहरु समस्यामा पर्ने बताईएको छ । जसमा चीनका अलावा भारत पनि समस्यामा पर्ने देखिएको छ । भारतले पनि अमेरिकालाई आईटी सर्भिस, टेक्सटायल लगायतका सामग्री निर्यात गर्दै आएको छ । अहिले भारत र अमेरिकाबीच कूल ६५ विलियन डलरको कारोबार हुने गरेको छ । एजेन्सीकाे सहयाेगमा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ