arrow

नियुक्त भएको २५ दिनमै ट्रम्पका सुरक्षा सल्लाहकारले दिए राजीनामा

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
Michael-Flynn-nn.jpeg

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले नियुक्त भएको २५ दिनमै राजीनामा दिएका छन् । रुससँग निकटसम्बन्ध भएको विषय सार्वजनिक भएपछि फ्लिनलाई राजिनामा दिन दबाब परेको थियो । फ्लिनले ट्रम्ले पदभार ग्रहण गर्नु अघि अमेरिकास्थित रुसी राजदूतसँग प्रतिबन्धका विषयमा छलफल गरेको खबरहरु पनि आएका बताइँदै छ ।

जसलाई अमेरिकी प्रशासनमा विदेश नीतिको उल्लंघन मानिन्छ । फ्लिनले उपराष्ट्रपति माइक पेन्सलाई पनि प्रतिबन्धसँग सम्बन्धित कुनै कुरा नगरेको विश्वास दिलाएका बताइएको छ । उपराष्ट्रपतिले फ्लिनले भनेको कुरा एक टेलिभिजन सामू खोलेका थिए । उपराष्ट्रपति पेन्सले फ्लिनका बचाउ गरे । यद्यपि, फ्लिन पदबाट हट्नु परेको छ ।  फ्लिनको गतिविधि राष्ट्र हितमा नभएको भन्दै डेमोक्रेट नेताहरुले राजीनामा मागेका हुन् ।

केही समय अघि अमेरिकी खुफिया अधिकारीमार्फत आएको खबरमा प्रतिबन्धको जिकिर गरिएको बताइँदैछ । बीबीसीका एक संवाददाताले भनेका छन्, ‘एक महिनाको समयावधिमा ट्रम्प प्रशासनका लागि यो देस्रो ठूलो धक्का हो ।’ यसअघि सात मुस्लिम बहुल राष्ट्रबाट अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्धको निर्णयलाई अदालतले रोक लगाएको थियो । ती सम्वाददाताले अगाडि भनेका छन्, ‘अहिले चुनाव प्रचारका समयमा ट्रम्पका निकै नजिकका सहयोगी मानिएका फ्लिनले राजीनामा दिनु परेको छ ।’ यसबाट ट्रम्पलाई ठूलो चुनौती आएको बताइँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ