arrow

मन्त्रिपरिषद् बैठक : के–के भयो निर्णय ?

चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउन स्वीकृति

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
newcabinet.jpeg

काठमाडौं । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको नियमित बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले भूमिसुधार मन्त्रालय अन्तर्गत व्यवस्थित बसोबास आयोगको गठन प्रक्रियालाई स्वीकृति दिने, आयोजनाहरु सञ्चालनका लागि अवरोध हुने रुख काट्नका लागि स्वीकृति दिने, नदाह कोशी पुल, चतरा रुपनगर सडकको स्तरोन्नतिका लागि थप बन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले चुनढुङ्गा उत्खननका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ । यस्तै, बैठकले चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउने प्रक्रियालाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ