arrow

अहिले सम्म चुनावको मिति नतोकिनु मुलुककै लागि दुर्भाग्य : शशांक

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७३ फागुन ४ बुधबार
shashank-kailali-cisapani.jpeg

लम्की, कैलाली ।  काँग्रेस महामन्त्री शशांक कोइरालाले अहिलेसम्म चुनावको मिति नतोकिनु मुलुको लागि दुर्भाग्य भएको बताएकी छन् । प्रेस युनियन लम्की उपशाखाले कैलालीको कर्णाली चिसापानीमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले नेपाली काँग्रेस छिट्टै चुनावको मिति घोषणाको लागि प्रधानमन्त्रीलाई दबाब दिइरहेको बताए ।

देश अहिले जटिल अवस्थाबाट गुज्रिरहेको बताउँदै कोइरालाले संविधान कार्यन्वयनको माघ ७ भित्रै तीनै तहको निर्वाचन अनिवार्य रहेको बताए । महामन्त्री कोइरालाले संविधानको जटिलतालाई मध्यनजर गर्दै समयमै निर्वाचन गराउन नसके देश जटिलता तर्फ मोडिने चिन्ता जनाए ।
यथास्थितिमा निर्वाचन गराउँदा स्थानीय निकायकै निर्वाचनमा जानु राम्रो हुने कोइरालाको धारणा छ ।

मधेसको समस्या समाधानका लागि नेपाली काँग्रेस लागिरहेको बताउँदै तर मधेस केन्द्रित दलका नेता संविधान कार्यान्वयनमा गम्भीर नभएको महामन्त्री कोइरालाको आरोप छ । उनले नेपाली काँग्रेसले कैलालीको विकासका लागि यस वर्ष र आउँदो  आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी पुल पुलेसा सडक कालोपत्रेको योजनाहरुलाई प्राथमिकतामा राखेको बताए ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका जिल्ला सभापति नरनारायण शाह मनु, महा समिति सदस्य रणबहादुर रावल, कमलबहादुर शाह, तेजशंकर भट्ट, धर्मराज न्यौपाने, फक्कीर सिंह कडायत, तजबहादुर विष्ट,  कैलालीका पूर्व जिल्ला सभापति नारायण दत्त मिश्र, क्षेत्रीय सभापति भक्त बहादुर थापा, पूर्व क्षेत्रीय सभापति क्षेत्र नम्बर १ का धिजराज रेग्मी, लम्कि चुहा नगरपालिकाका नगर सभापति लम्की चुहाका रामबहादुर विष्टलगायत सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ