arrow

कर्मचारीलाई प्रधानमन्त्रीको कडा निर्देशन

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
direction-PM-panchathar.jpeg

पाँचथर । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आगामी वैशाखको अन्त्य र जेठको पहिलो हप्तामा स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको भन्दै त्यसको तयारीमा लाग्न नेपाल सरकारका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन् गर्न पाँचथर पुगेका  प्रधानमन्त्री दाहालले जिल्लामा रहेका सरकारी कर्मचारीलाई सामूहिक निर्देशन दिएका हुन् ।  निर्देशन दिँदै प्रधानमन्त्री दाहालले भने, ‘हिजो र आज राजनीतिक तहमा राम्रो छलफल भएको छ । निर्वाचनमा जान प्रमुख दल र नेताहरु सम्वेदनशील छन् । सरकारले छिटै निर्वाचनको घोषणा गर्दैछ । तपाईहरुले जिल्लामा निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन आजैदेखि लाग्नुहोस् ।’

प्रधानमन्त्री दाहालले थपे,  ‘हामीकहाँ एकातिर विकास आयोजनामा छुट्टाएको रकम खर्च गर्न नसक्ने र अर्कोतिर पैँसा पुगेन भन्दै बजेट माग्ने समस्या छ । पूँजीगत खर्च बढाउने सरकारको संकल्प छ, तपाईहरु पनि पूँजीगत खर्च बढ्ने गरी काम गर्नुहोस् । आ—आफ्नो कार्यक्षेत्र भित्रका विकास आयोजनाको निरीक्षण र अनुगमन गर्नुहोस्, समयमै गुणस्तरीय काम गर्न प्रेरित गर्नुहोस् ।’

प्रधानमन्त्री दाहालले जनताले परिवर्तनको महशुस हुने गरी सेवा प्रवाह गर्न पनि कर्मचारीलाई भनेका छन् ।  कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ