arrow

प्रचण्डले भने– राति देउवा र ओलीसँग लामो कुराकानी भयो, म उत्साही छुँ !

सरकारको ध्यान ठूला आयोजना निर्माणमा

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
PM-ra-bijuli-news.jpeg

पाँचथर । प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच थर पुगेर शेरबहादुर देउवा र केपी ओलीसँग मंगलबार बेलुकी भएको कुराकानीले उत्साही भएको बताएका छन् । पाँचथरको नागिनमा निर्माण भएको १४.९ मेघावाटको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले देउवा र ओलीसँगको कुराकानीबारे बोलेका हुन् ।

देशमा निर्वाचनको वातावरण बन्दै गएको बताउँदै प्रधानमन्त्री दाहालले भने,  ‘मंगलबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र मेरो बीचमा लामो कुराकानी भयो । निकै उत्साहित कुराकानी भयो, म निकै उत्साही छु । वुधबार बिहान फेरि हामी तिनै जना र विद्यार्थीहरुका पदाधिकारीहरुको बैठक बस्यो । अब देशलाई निर्वाचनको दिशामा लैजानुपर्छ भन्नेमा राम्रो समझदारी बनेको छ ।’ प्रधानमन्त्री दाहालले सरकारको मूख्य ध्यान ठूला जलासययुक्त आयोजनाहरुको निर्माणतिर भएको पनि बताए ।

प्रधानमन्त्री दाहालले अगाडि भने, ‘देशैभरी साना जलविद्युत आयोजना निर्माणको व्यापक सम्भावना छ । सरकारको ध्यान मूख्य रुपमा ठूला जलासययुक्त आयोजना निर्माणमा छ । कम्पनि मोडलबाट तमोर जलासययुक्त आयोजना अघि बढ्दैछ । बुढीगण्डकी, तल्लो कर्णाली, पश्चिम सेतीजस्ता आयोजना सम्पन्न गरेर देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ, सरकार यही विश्वासमा छ ।’ १४.९ मेघावाटको हेवा खोला ‘ए’ जलविद्युत् आयोजना पाँचथर पावर कम्पनी लिमिटेडले बनाएको हो ।

उर्जामन्त्री जनार्दन शर्माले जनता विकासका भोका रहेका बताए । मन्त्री शर्माले भने, ‘नेपाली जनता विकासका भोका छन् । जनता विकासका लागि लामो समय पर्खन सक्दैनन् । छिटो तरिकाले विकासलाई सम्पन्न गर्नु हाम्रो आवश्यकता हो । तर, हाम्रा काम गर्ने तौरतरिका पुरानै छन्, यसले जनताको विकासको भोकलाई मेट्न सकेको छैन । सम्माननीय प्रधानमन्त्रीज्यूको अगुवाईमा उज्यालो नेपाल अभियान चलिरहेको छ । उज्यालो नेपाल अभियान बत्ती बाल्ने अभियानमा मात्र नभएर देशलाई स्वाधीन र समृद्ध बनाउने रणनीतिक अभियान पनि हो ।’

पूर्वसभामूख सुवासचन्द्र नेम्बाङले आयोजनाको उद्घाटनले पाँचथर जिल्ला उज्यालो जिल्ला बन्ने पूर्वाधार तयार भएको बताए । नेता नेम्बाङले जलविद्युत आयोजना बटन थिचेर उद्घाटन् गरेजस्तै निर्वाचनको बटन थिचेर संविधान कार्यान्वयन गर्नु राष्ट्रिय आवश्यकता भएको बताए ।
२०६७ सालबाट प्रारम्भ गरिएको आयोजना २ अर्ब ६० करोड लगानीमा सम्पन्न गरिएको र नेपालमा निर्माणाधीन आयोजना मध्ये कम लागतमा यो आयोजना सम्पन्न भएको आयोजनाका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ