arrow

भत्काउने बेलैमा बनाइन्छ पीच

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
road.jpeg
काठमाडौं- सरकारी निकायबीच समन्वय नहुँदा राज्यको ढुकुटी कसरी स्वाहा हुन्छ, कागेश्वरी–मनोहरा नगरपालिकामा हालै गरिएको आलो पिचको कथाले बताउँछ। मूलपानी क्रिकेट ग्राउन्डदेखि गाविसचोक धारासम्मको करिब डेढ किलोमिटर लम्बाइको पिच सम्पन्न भएको करिब एक महिनामै भत्काउन थालिएको छ। एक वर्षअघि ठेक्का लागेको उक्त पिच भत्काउनकै लागि बनाइएझैं गरी पाइप बिच्छ्याउने जानकारी हुँदाहुँदै पुस अन्तिम साता झन्डै एक करोड सकेर सम्पन्न गरियो। अहिले पाइप बिच्छ्याउन पिच बीचबाटै धमाधम  भत्काइँदैछ।
 
'हामीले  मूलपानीको सडकबारे पनि एक वर्षअघि नै जानकारी दिएका थियौं', खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक मिलन शाक्यले भने, 'उनीहरुले पिच गर्न थालेपछि दोस्रोपटक पनि  हामीले सम्झायौं तर टेरेनन्।'
 
खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक मिलन शाक्यले सडकलाई  पहिल्यै जानकारी दिएर मात्र काम थालेको बताए। 'हामीले मूलपानी सडकबारे पनि एक वर्षअघि नै जानकारी दिएका थियौं', उनले भने, 'उनीहरूले पिच गर्न थालेेपछि दोस्रोपटक पनि हामीले सम्झाएका थियौं तर उनीहरूले टेरेनन्।'
 
जिम्मा लिनुपर्ने र नियमन गर्नुपर्ने सडक विभाग भने केही जानकारी नभएको बताउँछ। 'पिच भत्काउन लागिएको हो र? कहिलेबाट नि?' डिभिजन सडक कार्यालय, काठमाडौं १ नम्बरका प्रमुख धर्मेन्द्र झाले भने, 'हामीलाई यसबारे केही थाहा छैन।' उनले आयोजनाले पठाएको चिठीबारे अनविज्ञता प्रकट गरे। 'कति चिठी आउँछन्, हामीलाई थाहा हुँदैन', उनले  भने, 'एकतर्फी रूपमा आयोजनाले भर्खरै बनेको सडक भत्काएको हो।'
 
खानेपानी आयोजनाले पिच भत्काउनुअघि स्थानीयलाई पिच बनाइदिने बाचा पनि गरेको छ तर राज्यको सम्पत्ति नाश भएको देखेर स्थानीय पनि दुःखी छन्। 'राज्यको सम्पत्ति हाम्रै आँखाअगाडि नोक्सान गराइयो', स्थानीय रामप्रसाद सापकोटाले भने, 'एक वर्षसम्म नगरेको पिच एकाध महिना कुरेको भए के हुन्थ्यो?'
नागरिक दैनिकबाट
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ