arrow

पूर्व राजारानी जिल्लातिर, चितवनमा शनिबार कोमलको ह्याप्पी बर्थडे !

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
gyanendra-komal-paras.jpeg
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बाराको सिमरा प्रस्थान गरेका  छन् । बिहीबार दिउँसो २ बजे बुद्ध एयरको विमानबाट उनीहरु सिमरा पुगेका हुन् ।
 
शनिबार चितवनमा कोमलको जन्मोत्सव मनाउन उनीहरु सिमरा गएका  हुन्  । शुक्रबार बिहान १० बजे ब्रेकफास्ट लिएपछि उनीहरु चितवन जाने कार्यक्रम रहेको छ ।
 
आफ्नै सवारी प्रयोग गरी सिमरा हुँदै चितवन जाने कार्यक्रम रहेको छ । प्रजातन्त्र दिवसको दिन फागुन ७ गते सबै परिवारका साथ कोमलको जन्मोत्सव मनाएपछि ८ गते पुनः सिमरा फर्कने कार्यक्रम छ ।
 
उनीहरुले प्रयोग गर्ने सबै सवारी साधन फागुन ४ गते नै सिमरा लगिएको थियो । आमा कोमलको जन्मोत्सवमा पारस शाह जाने या नजाने भन्ने टुङ्गो लागिसकेको छैन ।  (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ