arrow

कञ्चनपुरमा ईमरजेन्सी र ईण्डोर बाहेक सबै सेवा ठप्प

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
Kanchanpur-hamrakura.jpg.jpeg
ईश्वर दत्त बडू,कञ्चनपुर । कञ्चनपुरको स्वास्थ्य क्षेत्रमा क्रियाशिल ट्रेड युनियनहरुको संयुक्त समन्वयन समितिले बिहीबार ईमरजेन्सी र ईण्डोर सेवा बाहेक सबै सेवा ठप्प गराएका छन् ।
केही समयदेखि देशै भरका स्थानीय निकायका कर्मचारीहरुको आन्दोलन जारी रहेका बेला स्वास्थ्य सेवामा क्रियाशिल विभिन्न ट्रेड युनियनका देशै भरका स्वास्थ्यकर्मीहरुले पनि आफ्ना माग पुरा गराउनकोलागि आन्दोलन थालेका छन् । 
 
त्यसैगरी कञ्चनपुरमा पनि स्वास्थ्यकर्मीहरुले यही फागुन ०१ गतेदेखि आन्दोलनका कार्यक्रमहरु सुरुवात गरेका हुन् । आफ्ना हक अधिकारको निम्ती बर्षौ देखि आन्दोलनरत संयुक्त ट्रेड युनियन केन्द्रीय कार्यसमितिको निर्णय अनुरुप पछिल्लो समय कञ्चनपुरमा पनि आन्दोलन जारी छ । फागुन १ गते देखि पछिल्लो चरणको आन्दोलन शुरु गरेसंगै उनीहरुले १ गते जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरमा विभिन्न मागहरु समावेश गरी ज्ञापन पत्र बुझाएका थिए । 
 
स्वास्थ्यकर्मीहरुको माग पुरा नभएसम्म जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुर अन्र्तगतका ईमरजेन्सी सेवा बाहेकका जिल्ला रहेको सम्पूर्ण स्वास्थ्य संस्थाहरु बन्द गरेको तथा जिल्लाका नियमित कार्यक्रमहरु पूर्ण रुपमा बन्द गरेको ट्रेड युनियनहरुको संयुक्त समन्वय समिति कञ्चनपुरका अन्दोलन संयोजक पंकज रावलले जानकारी दिए ।
 
संयोजक रावलले भने महाकाली  अञ्चल अस्पतालमा ईमरजेन्सी सेवा र ईन्डोर सेवा बाहेक सम्पूर्ण सेवा बन्द भएको र स्वास्थ्य संस्थाबाट दिने खोपका कार्यक्रमहरु पनि नदिएको बताउनुभयो । स्वास्थ्यकर्मीहरुको पद व्यवस्थापनका लागि ल्याइएको पद व्यवस्था एैनको दफा ९ (ख) कार्यान्वयन गराउन लामो समयदेखि स्वास्थ्य मन्त्रालयले गरेको अपमानको बिरुद्धमा आफुहरुले विगतको बर्षदेखि विभिन्न दवाव मूलक कार्यक्रमहरु गर्दै आएपनि मन्त्रालयले बेवास्ता गरेका कारण विगतको समय शसक्त आन्दोलनमा जानुपर्ने ने.स्वा.क.संघका अध्यक्ष लोकराज भारती, अ.ने.प्र.स्वा.संगठनका अध्यक्ष नन्द राज जोशी, रा. स्व.क. संघ नेपालका सचिव गंगा राज भट्ट, ने.रा.स्वास्थ्यकर्मी संगठनका अध्यक्ष हेम राज जोशीको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ