arrow

पाकिस्तानमा आतंकवादीमाथि सेनाको भीषण आक्रमण, सय बढी मारिए

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
pakistan.jpeg
सहवान । पाकिस्तानको सिन्ध प्रान्तस्थित सहवानको लाल शाहबाज कलंदरमा भएको आत्मघाती हमलापछि पाकिस्तानी सेनाले भीषण आक्रमण सुरु गरेको छ । बिहीबार आतंकवादीहरुले एक सय बढी सर्वसाधारण मार्नुका साथै तीन सयको संख्यामा गम्भीर घाइते बनाएपछि सेनाले शुक्रबारदेखि कार्वाही थालेको हो ।
 
अहिलेसम्म एक सय बढी आतंकवादी मारिएको पाकिस्तानी स्थानीय संचारमाध्यमले बताएका छन् । पछिल्लो आक्रमणको जिम्मा भने जिहादी समूहले लिएको छ । 
 
सशस्त्र फोर्सका प्रवक्ता मेजर जनरल आसिफ घाफूरले २४ घण्टाको अवधिमा एक सय भन्दा बढी आतंकवादी मारिएको पुष्टि गर्दै अब आतंकवाद समाप्त हुने दाबी गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ