arrow

बिहानै भूकम्पको धक्का, धादिङ हल्लियो

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
earthquake-FNL-new.jpg.jpeg
धादिङ । लामो समयपछि धादिङमा भूकम्प गएको छ । बिहान ६ बजे धादिङको बेनीघाट केन्द्रबिन्दू भएर  ४ रेक्टर स्केलको भूकम्प गएको हो । यसको धक्काले केन्द्रबिन्दू भएको क्षेत्रमा सर्वसाधारण आत्तिएर बाहिर निस्किएका थिए ।
 
राष्ट्रिय भूकम्प मापन केन्द्रले यसलाई गत वर्ष बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको गोरखा भूकम्पको पराकम्पन नै भनेको छ ।
 
अहिलेसम्म गोरखा भूकम्पपछि ४ रेक्टर स्केलदेखि माथिका ४७७ वटा पराकम्पन आइसकेको केन्द्रले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ