arrow

छैसठ्ठी केभी विद्युत् खम्बा ढल्यो, सुनकोसीको पाँच मेगावाट विद्युत् काठमाडौँ आउन नसक्ने

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
sunkoshi.jpeg
काठमाडौँ । सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनको खाडीचौर–अँधेरी खण्डमा पर्ने ६ नं खम्बा शनिबार बिहान ढलेको छ । यसबाट सुनकोसी जलविद्युतगृहको करिब पाँच मेगावाट विद्युत् काठमाडौँ आउन सक्ने छैन । 
 
सो टावर जोखिमयुक्त अवस्थामा भएकाले यसको सुरक्षासम्बन्धी कार्य जालीमा ढुङ्गा कसेर भैरहेको थियो । 
 
अहिले नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली उक्त स्थानतर्फ प्रस्थान गरिसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
 
सुनकोसीको विद्युत् ११ केभी फिडरबाट बाह्रबिसे, चौतारामा स्थानीय रुपमा केही खपत हुने छ भने लामोसाँघु–भक्तपुर १३२ केभी लाइनबाट काठमाडौंँमा खिम्ती विद्युत्गृह र ढल्केबर–मुजफरपुर प्रसारण लाइनबाट आउने विद्युत् आई नै रहने छ । 
 
काठमाडौँको विद्युत् आपूर्ति नियमिततालाई निरन्तरता दिन काठमाडौँ छिर्ने अन्य प्रसारण लाइनमध्येबाट हुनेगरी नोक्सान भए बराबरको विद्युत् परिमाण बढाई काठ्माडौँवासीलाई यसको असर पर्न नदिन भारप्रेषण केन्द्रले आवश्यक गृहकार्यसहित व्यवस्था मिलाउने जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ