arrow

प्रजातन्त्र दिवसमा काँग्रेसको उद्घोष : सबैले आफ्नो स्वार्थ नत्यागे प्रजातन्त्र बलियो हुँदैन

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौ । नेपाली काँग्रेसले सबैले आफ्नो स्वार्थ नत्यागे प्रजातन्त्र बलियो नहुने बताएको छ । मुलुकमा प्रजातन्त्र स्थापनाको लागि अहम् भूमिका निर्वाह गरेको मुलुकको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले फाल्गुण ७ गतेको दिन नेपाली जन–संघर्षको इतिहासमा एक अवस्मरणीय दिन रहेको भन्दै यसको महत्व सबैनेपालीको लागि रहेको बताएको हो । 
 
प्रजातन्त्र प्राप्तिको ६७ वर्ष पूरा भएको दिन नेपाली काँगैसका सभापतिको रुपमा शेरबहादुर देउवाले निकालेको विज्ञप्तीमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलन एउटा उपलव्धी हाँसिल भईसको भन्दै सो उपलब्धीलाई संरक्षण तथा कार्यान्वयन र संस्थागत गर्ने क्रममा सम्पूर्ण राजनीतिक दलहरु तथा जिम्मेवार निकायहरुले आ–आफ्ना दलगत स्वार्थलाई त्यागेर मुलुकको समुन्नती र मुलुकवासीको हित सोच्नुपर्ने बताईएको छ । 
 
सबैले व्यक्तिगत स्वर्थ त्यागेर मुलुको समृद्धि खोजेको खण्डमा मात्रै प्रजातन्त्रको लागि बलिदानी दिने शहीदहरुप्रति श्रद्धा श्रद्धाञ्जलि हुने भन्दै यस्तो हुने पनि नेपाली काँग्रेसको धारणा रहेको छ । '२००७ को कात्र्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको हो । फाल्गुण ७ को यो ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो ।'
काँग्रेसद्वारा जारी विज्ञप्तीमा भनिएको छ 'यसले जात–जाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेदभाव हटाएर शोषण रहित समाज निर्माणमा मुलुकलाई अग्रसर गरायो । यसै दिनदेखि नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट बाहिर आएर नयाँ युगमा प्रवेश ग¥यो । त्यसैदिनदेखि नेपालले प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि निर्माण ग¥यो । त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेका छन् ।'
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ