arrow

सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
baluwatar-news-aaja.jpeg

काठमाडौं । सरकारले असन्तुष्ट मधेसी मोर्चा र प्रमुख विपक्षी एमालेसँग सल्लाह गरेर एक दुई दिनमै स्थानीय तहको चुनाव घोषणा गर्ने तयारी गरेको छ । चुनावको मिति घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले साँझ वा सोमबार छलफल गर्ने तयारी गरेका छन् । यस्तै, चुनावको मिति निर्वाचन आयोगसँग परामर्श गरेर तय गरिने बताइएको छ ।

आइतबार विहान बालुवाटारमा बसेको सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका नेताहरुको बैठकले मधेसी मोर्चा र एमालेसँग छलफल गरेर मात्र चुनावको मिति घोषणा गर्ने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उनले भने, ‘प्रधामन्त्रीले साँझ काँग्रेस, एमाले र मधेसी मोर्चाका नेतालाई राखेर छलफल गर्छु भन्नु भएको छ । तर, उहाँ सिरहा पुग्नु भएको छ । फेरि काठमाडौं फर्किएपछि पूर्वाधार सम्बन्धि एउटा औपचारिक कार्यक्रम छ । त्यसैले साँझ नै छलफल होला नहोला । सोमबारै मिति घोषणा होला भन्न सकिँदैन मंगलबार पनि हुन सक्छ ।’ सरकारले मिति घोषणाको तयारी गरिरहेको चर्चा चलेपनि यकिन हुन सकेको छैन ।   

यस्तै, आइतबारको बैठकले संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न मधेसी मोर्चाले गरेको आग्रहलाई पुनःविचार गर्ने संकेत गरेको छ । बैठकमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, काँग्रेस महामन्त्री सशांक कोइराला, शान्तिमन्त्री सीतादेवी यादव, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पम्फा भूसाल, मातृका यादव लगायत उपस्थि थिए ।

सत्तारुढ काँग्रेसले वैशाखभित्र स्थानीय चुनाव गरिसक्नु पर्ने अडान लिएको छ । उता, निर्वाचन आयोगले दुई चरणमा मतदान गर्ने गरी जेठ १ र २१ को मिति प्रस्ताव गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ