arrow

सोमबार नै चुनावको मिति घोषणा हुन्छ : बलदेव

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
baldev.jpeg
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले सोमबार नै निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पारेका छन्। आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको काँग्रेस–माओवादी केन्द्रको बैठकले भोलि बस्ने मन्त्रिपरिषदको बैठकले नै निर्वाचनको मिति घोषणा गर्ने जनाएका हुन्। उनले भने,‘चुनावको लागि सबै प्रक्रिया पूरा भैसक्यो, यसको लागि निर्वाचन आयोग र सूरक्षा निकायका प्रमुखहरुसँग कुरा गरेर जेठको पहिलो हप्ता गर्नेगरि भोलि निर्वाचनको मिति घोषणा गरिनेछ।’ उनले मुलुक अब चुनावमा गएको समेत उद्धघोष गरे। खनालले थपे,‘चुनावबाटै निकास निस्किन्छ्।’
 
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै खनालले सबै दलहरुलाई विश्वासमा लिएर नै सरकारले चुनावको मिति घोषणा गर्न लागेको जनाए। उनले भने,‘निर्वाचनको मिति घोषणा गर्नेबारेमा हामीले मधेशी मोर्चासँग पनि छलफल गरेका छौं, उहाँहरुले पहिला संविधान संशोधन भन्नुभएको छ, संशोधन नभईकन चुनावमा नजाने भनेर उहाँहरुले भन्नुभएको छ, उहाँहरुसँग पनि आज कुरा हुन्छ।’ उनले स्थानीय तह पूर्नसंरचनामा मधेशी मोर्चाले आपत्ति जनाएकोले उनीहरुले भनेबमोजिम जनसंख्याको आधारमा पूर्नसंरचना गर्ने समेत जनाए।
 
खनालले मधेशी मोर्चालाईपनि चुनावमा लिएर जाने वातावरण बनाउनको लागि प्रधानमन्त्री अहोरात्र खटिरहेको समेत जनाए। उनले भने,‘अब चुनावलाई रोक्नुहुँदैन्, संविधान कार्यान्वयनको लागि पनि समयमै तीन तहको निर्वाचन गर्नुपर्ने भएकोले सबै दलहरु गम्भिर भएर प्रस्तुत हुनुपर्छ।’ उनले जेठको पहिलो हप्ताभित्रै चुनाव हुनेगरि सरकाले भोलि निर्वाचनको मिति घोषणा गर्न लागेको समेत जिकिर गरे। 
 
खनालले भोलि पनि निर्वाचनको मिति घोषणा नगरिए सरकारलाई प्राविधिक रुपमा कठिनाई हुने बताउँदै थपे,‘भोलि निर्वाचनको मिति घोषणा गरेपनि मोर्चाको माँगलाई सम्बोधन गर्नको लागि सदनमा संविधान संशोधन प्रस्तावलाई छलफल गरेर टुँगो लगाईन्छ।’ खनालले संविधान संशोधन प्रस्ताव केही परिमार्जनसहित प्रक्रियामा अघि बढाउनेबारे छलफल भैरहेको समेत जनाए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ