arrow

कतारमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याइदिन आग्रह

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
Qatar.original.3454.jpg.jpeg
राजविराज । वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । 
 
जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । 
 
एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । 
 
टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडौंबाट रोजगारीका लागि कतारमा सरदार राजमिस्त्रीको काम गर्दै आएका थिए । मृतक सरदारको पत्नी, एक छोरा र एक छोरी छन् । 
 
यसैबीच मृतक सरदारको शव नेपाल ल्याइदिनका लागि उनका परिवारले सम्बन्धित निकाय र सरकारलाई आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ