arrow

हेटौंडा आन्दोलनका मूल नेता एवं व्यवसायी राजकुमार न्यौपाने पक्राउ

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
rajkumar-neupane.jpeg
काठमाडौं । प्रहरीले हेटौंडा आन्दोलनका मूल नेता एवं व्यवसायी राजकुमार न्यौपाने पक्राउ  गरेको छ । हेटाडामा जवर्जस्ती बन्द गराउँदै हिँडेको आरोपमा उनलाई सोमबार बिहान पक्राउ गरिएको हो । हेटौंडा बजार संरक्षण समितिका अध्यक्ष समेत रहेको न्यौपाने उद्योग वाणिज्य संघ मकवानपुरको पनि अध्यक्ष हुन् । उनकै अग्रसरतामा झण्डै दुई महिनादेखि हेटौंडा बजारमा आन्दोलन भईरहेको छ । 
 
उनीसँगै अर्का व्यवसायी धर्मकृष्ण श्रेष्ठलाई पनि पक्राउ गरिएको छ । श्रेष्ठ मदिरा व्यापारी हुन् । तर, पक्राउ गरिएको विषयमा भने प्रहरीले केही खुलाएको छैन । प्रहरीले यस विषयमा अहिले केही नबताउने जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ