arrow

पत्रकार महासङ्घ खोटाङको अध्यक्षमा पुनः दमन

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
FNJ-logo.jpg.jpeg
खोटाङ। नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अध्यक्षमा दमन राई पुनः चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट राई पुनः अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो । 
 
समितिको उपाध्यक्षमा रामधन राई र सुनिता मगर, सचिवमा उत्तत चौलागार्इं, सहसचिवमा रमिला राई र चिसाङ शेर्पा तथा कोषाध्यक्षमा शर्मिला विश्वकर्मा चयन हुनुभएको छ । 
 
सोमबार बिहान सम्पन्न अधिवेशनबाट केदार मगर, उजुर राई, अमृत गिरी र उजिर कार्की प्रदेश प्रतिनिधिमा छनोट हुनुभएको छ । अधिवेशनले डम्बरसिं राई, सङ्गीता राई, सइन्द्र राई र दिलीप खत्रीलाई केन्द्रीय पार्षदमा छनोट गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ