arrow

खानेपानीको पर्खाइमा दलित बस्ती

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन ९ सोमबार
SYAJGA-BASTI.jpeg
(वालिङ) स्याङ्जा । वालिङ नगरपालिका वडा नं. ६ साठीघरमा रहेको दलित बस्ती यतीबेला खानेपानीको पर्खाइमा रहेको छ । २० मिनेटको बाटोमा खानेपानीको मुहान भएर पनि दलित बस्तीले घर आगनमा खानेपानी पाएका छैनन् । दलित अगुवा नभएका कारण र अगुवा नेताले चासो नराखेकाले साठीघरका दलित बस्तीले अहिले सम्म पनि खानेपानी पाएका छैनन् । हरेक वडामा वालिङ नगरपालिकाले बजेट छुट्टाउने गरेपनि पहुँचवालाका कारण आज दलितबस्ती खानेपानीको पर्खाइमा हारेको छ । 
 
खानेपानी नहुँदा दैनिक समस्या हुने गरेको दलितहरु बताउछन् । पानीको राम्रो व्यवस्था भइदिएको भए तरकारी खेती गरेर आफ्नो जिविकोपार्जन गर्ने थियौ भन्दै विलौना पोख्छीन निमाकुमारी एस के । वोल्न डर र लाज मानेकै कारण हाम्रो गाँउमा खानेपानीको योजना नपरेको होला एसकेले भनिन्,“हाम्रो अगुवाई गर्ने व्याक्ति नहुदा पनि हामी पछाडी परेका हौला ।” यही कारणले गर्दा खानेपानीको राम्रो व्यवस्था नहुने हो भने त जुगौ जुग सम्म यही समस्या झेल्ने बाहेक अरु केही नहुने भो एसकेले थपिन् ।  
 
नगरपालिकाले वडास्तरीय बजेट र नगर स्तरीय बजेट विनियोजन गर्दा पनि यो दलित बस्तीमा अहिले सम्म खानेपानीको योजना पर्न समेत सकेको छैन । आर्थिक बर्ष २०७३-०७४ का लागि नगरपालिका भित्र वडा स्तरीय खानेपानी मर्मत संमहार भनेर ९६ ओटा योजना रहेका छन् भने ६ ओटा योजना नगरस्तरीय रहेका छन् । नगरस्तरीय र वडा स्तरीय बाट पनि योजना नपर्दा सिंगो दलितबस्ती खानेपानीको समस्या झेल्दै आएको छ । यता वडा नागरिम मंचका संयोजक नेत्रप्रसाद पाण्डेले यो दलित बस्तीले छिट्टै खानेपानीको व्यवस्था हुने बताएका छन् । म छिमेकी वडाको नागरिक मंचको संयोजक हुँ पाण्डेले भने,“नगरबाट कुनै योजना नभएकाले जिल्ला खानेपानीको सहयोगमा लिफ्टिङ् स्टमबाट खानेपानीको व्यवस्था मिलाउन लागिएको छ ।” काम शुरु भइसकेको छ अव एक दुई महिनामा दलितबस्तीले खानेपानी पाउनेछन् पाण्डेले थपे ।  
 
आवश्यकताको खोजी हुन नसक्दा दलितबस्तीमा खानेपानीको समस्या देखिएको वालिङ नगरपालिकाले जनाएको छ । खानेपानी भन्दापनि सडकको माग बढी आउने गरेकाले यस्तो समस्या हुन गएको हुन सक्ने अनुमान वालिङ नगरपालिकाका कार्यकारी अधिकृत रुद्रलाल भुषालले बताए । बस्ती, टोलबाट योजना वडामा आउने प्रावधान छ कार्यकारी रुद्रलाल भुषालले भने,“वडा भेलाले पारित गरेर आउने योजनालाई नगर स्तरीय सम्वन्य समितिले प्राथामिकताका आधारमा बजेट विनियोजन गर्दछ ।” चासो नदिने र समस्या नआएकाले दलितबस्तीमा खानेपानी प्रथामिकतामा नपरेको हुनसक्छ कार्यकारी भुषालले थपे ।
 
 यो बर्ष नभएपनि अर्को बर्षमा योजना पारेर भएपनि दलितबस्तीमा खानेपानी पुग्ने भुषालले बताए । राजमार्गबाट नजिक रहेको यो बस्तीमा खानेपानीको चपेटा दलितले व्यहोनुपर्ने अवस्था आउनु दुःखद रहेको सरोकारवालाहरुको भनाई छ । सरकारले समावेसी र समानुपातिक योजना छुट्टाउने प्रावधान ल्याएपनि दलितभित्र अगुवा नेता नहुनुले यो बस्तीले खानेपानीको समस्या झेल्दै आएको छ । यस तर्फ सरोकारवाल निकायको ध्यान जानु जरुरी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ