काठमाडौं । फाल्गुन ९ गतेसम्म मतदाता नामावलीमा नाम नभएकाहरुले स्थानीय निकायको निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अब मतदाता नामावलीमा नाम दर्ता गराउने समय नदिईने बताएका हुन् ।
प्रवक्ता शर्माले मंगलबार हाम्राकुरासँग कुराकानी गर्दै स्थानीय निकायको निर्वाचनको लागि अब कानूनले पनि मतदाता नामावलीमा नाम भर्ने समय दिन समस्या रहेको बताएका हुन् । उनले भने 'हिजोसम्म मतदाता नामावलीमा नाम दर्ता भएकाहरुले मात्रै यो चुनावमा भोट हाल्न पाउँछन् ।'
यद्यपि मंगलबार निर्वाचन आयोगको बैठक बस्ने तयारी गरिरहेको छ । सो बैठकमा विशेष व्यवस्था नभएको खण्डमा अहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता नभएकाहरुले भोट हाल्न नपाउने निश्चित भएको हो ।