arrow

तीन नेताकाे बैठकले संसद स्थगित

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
samsad-bhawan.jpeg

काठमाडौं । संसद बैठक सूचना टाँस गरी वुधबार दिउँसो २ बजे सम्मका लागि स्थगित भएको छ । संविधान संशोधनका विषयमा ३ दलका शीर्ष नेता छलफलमा जुटेपछि बैठक सूचना टाँसेर वुधबार २ बजे सम्मका लागि स्थगित भएको समामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

शर्माका अनुसार तीन दलमा शीर्ष नेताहरु छलफलमा जुटेका छन् । संविधान संशोधन र निर्वाचनको वातावरण बनाउने विषयमा तीन दलका शीर्ष नेताले छलफल गरिरहेका छन् । यस्तै, प्रमुख सचेतकहरुले समेत तीन दलका नेताको निर्णय पर्खिएका कारण पनि बैठक स्थगित गर्नु परेको शर्माले बताए । संसदकाे कार्यसूची अघि बढाउन सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्ने तयारी थियाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ