arrow

सर्वदलीय बैठक : मधेसी मोर्चाबाट बहिस्कार

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
daliye-chhafal-new.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न डाकेको सर्वदलीय बैठक मेधेसी मोर्चाले बहिस्कार गरेको छ । यद्यपि, मोर्चाले आफुहरुले सरकारसँग सम्बन्ध तोडिनसकेको प्रष्ट्याएको छ ।  आफुहरु आन्दोलनमा रहेका कारण यो सम्वाद बहिस्कार गरेको हौँ । अब पछिका छलफलमा सहभागि हुन्छौँ, सद्भावना महासचिव मनीष सुमनले भने ।

प्रधानमन्त्री दाहालले अहिले संसद भवन नयाँ बानेश्वरमा छलफल बोलाएका छन्  । लामो समयसम्म स्थगित भएको व्यवस्थापिका संसदको बैठक मंगलबार पनि सूचना टाँस गरेर स्थगित भएलगत्तै प्रधानमन्त्रीले दलीय छलफल थालेका हुन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएकामा मधेसी मोर्चामा आवद्ध दलहरुले बहिस्कार गरे ।

सरकारसँगको सम्बन्धबारे पुनःविचार गर्दै मोर्चा
मोर्चाका एक जना नेताले सरकारसँगको सम्बन्धबारे पुनःविचार गर्न नेताहरु आन्तरिक छलफलमा जुटेको बताएका छन् । उनले भने, ‘अहिले आन्दोलनका  कार्यक्रम चलिरहेका छन् । अबको केही दिन हेर्छौ । त्यपछि सोही अनुसार अघि बढ्छौँ ।’ वैगुनी सरकारसँग संगत गर्ने वा नगर्ने केही दिनमै टुंगो लाग्छ । यद्यपि, मोर्चाका नेताहरुको भनाईले चुनावलाई भित्रि समर्थन गरेको र आफुहरुले गरेको आन्दोलनको सुरक्षित अवतरण गर्न खोजिएको संकेत आएको अड्कल काट्न थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ