arrow

शशांकले कार्यकर्तालाई चुनावमा जोडतोडले लाग्न भने

मोर्चाको समस्या सम्बोधन गर्ने जिम्मा काँग्रेसको काँधमा आयो

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
shashank-bimansthal.jpeg

नवलपरासी । काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नवलपरासी क्षेत्र नम्बर ३ को चोरमारामा काँग्रेस क्षेत्रीय समितिले गरेको कार्यक्रममा महामन्त्री कोइरालाले भने, ‘संविधान कार्यान्वयनका लागि घोषित स्थानीय निर्वाचनलाई सफल बनाउनुपर्दछ ।’

महामन्त्री कोइरालाले स्थानीय निर्वाचन घोषणा भएकाले अव त्यसलाई सफल बनाउनुको विकल्प छैन, –भने । महामन्त्री कोइरालाले कार्यकर्तालाई जोडतोडले लाग्न निर्देशन समेत दिए । मधेसी मोर्चा असन्तुष्ट रहँदा संविधान कार्यान्वयनमा चुनौती रहेको बताउँदै महामन्त्री कोइरालाले सन्तुष्टि सम्बोधन गर्ने दायित्व काँग्रेसमाथि आएकाले यसका लागि मोर्चासँग छलफल गरी अगाडि बढ्ने बताए ।

महामन्त्री कोइरालाले आगामी वैशाख ३१ गतेलाई निर्वाचनको मिति तय गरिएकाले मधेसी मोर्चासहितका असन्तुष्ट दलहरुसँग वार्ता गरेर समस्याको समाधान गर्ने बताउँदै सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा काँग्रेस जिल्ला सभापति विष्णु लामिछाने, काँग्रेस नेता कृष्णचन्द्र नेपाली, क्षेत्रीय सभापति जगतबहादुर कार्की, क्षेत्रीय सचिव धनसिङ बोहोरालगायत सहभागि भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ