न्यूयोर्क । आप्रवासी नागरिकका लागि अमेरिका दिनप्रतिदिन अभिषाप बन्दै गएको छ । अमेरिकालाई स्वर्ग ठानेर त्यहाँ पुगेका झण्डै एक करोड १० लाख मानिस यतिबेला संकटमा परेका छन् ।
आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम लागु गरेसंगै अवैध रुपमा बस्दै आएका विदेशीलाई तनाव भएको हो ।
कागजात नभएका र आपराधिक गतिविधिमा संलग्न आप्रावासीलाई देश निकाला गर्ने नयाँ नियम लागु गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुसार ट्रम्प प्रशासनले जतिसक्यो छिटो अवैध तरिकाले बसिरहेका आप्रवासीलाई फिर्ता पठाउने उद्धेश्यले यो कडा नियम ल्याएको हो ।
ट्राफिक नियम तोडेका र लुटपाटमा संलग्नहरुसमेत पक्राउ पर्न बित्तिकै देश निकाला हुनेछन् ।
पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिका छिरेका आप्रवासी बालबालिकालाई भने ट्रम्प प्रशासनले सुरक्षित गरेको जनाएको छ ।
तर सपनाको सन्सार भन्दै त्यतिबेला अमेरिका छिरेका झण्डै सात लाख ५० हजार युवाको भने भविष्य अन्धकार हुने देखिएको छ ।