arrow

शेख कमल अन्तर्राष्ट्रिय कप फुटबलः मनाङ दोस्रो जितको खोजीमा

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
mmc-training-(7).jpeg
चटगाउँ । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लव कप–२०१७ को समूह चरणको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लवले बुधबार अफगानिस्तानको शाहिन आस्मायीसँग प्रतिस्पर्धा गर्दैछ । 
 
समूह चरणको पहिलो खेलमा निकालेको जितले हौसिएको मनाङ बुधबार शाहिन आस्मायीलाई पनि पराजित गर्दै लगातार दोस्रो जितसहित सेमिफाइनल यात्रा तय गर्न चाहन्छ । खेल दिउँसो नेपाली समय अनुसार ३ः४५ बजेपछि चटगाउँको मोहम्मद अजिज रंगशालामा हुनेछ । 
 
मनाङले समूह चरणको पहिलो खेलमा घरेलु टिम मोहमोदेन स्पोर्टिङ क्लवलाई २–० ले पराजित गरेको थियो । नेपाललाई जिताउने क्रममा ओलावाले र विशाल राईले एक एक गोल गरेका थिए । 
 
शाहिन आस्मायी भने पहिलो खेलमा आयोजक अब्हानी लिमिटेडसँग ३–१ ले पराजित भएको थियो । यो खेलमा विजयी भए मनाङ एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्नेछ भने खेल बराबरीमा रोकिए वा पराजित भए सेमिफाइनल प्रवेशका लागि दोस्रो खेलको नतिजा कुर्नुपर्ने हुन्छ । 
 
मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अफगानिस्तानको शाहिन आस्मायीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । ‘पहिलो खेलमा पराजित भएको आस्मायी अर्काे चरण प्रवेशका लागि ‘गर या मर’ को अवस्थामा छ ।
 
हामी पनि सेमिफाइनलमा प्रवेशका लागि जित्नै पर्ने दवाव छ ।’ प्रशिक्षक लोप्साङले भने, ‘हाम्रो खेलाडीहरुले पाएको मौका सदुपयोग गर्दै आस्मायीलाई पराजित गर्दै सेमिफाइनल यात्रा सहज बनाउनेछौं ।’ 
 
यस्तो छ सम्भावित नेपाली टोली
दिनेश थापामगर (गोलरक्षक), विराज महर्जन, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, अदमा बो सिसिको (डिफेन्डर), विक्रम लामा, रोहित चन्द, विशाल राई, सुजल श्रेष्ठ, अनिल गुरुङ (मिडफिल्ड) र ओलावाले ओलाडिपो अफिज (फरवार्ड) ।
 
नेपालले (४–५–१) को फम्र्याटमा खेल्ने पनि जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ