arrow

अमेरिकाको 'स्टाचु अफ लिबर्टी'मा 'शरणार्थीलाई स्वागत' लेखियो !

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
statue+of+liberty+credit+altstatliberty+copy.jpeg
न्युयोर्क। स्वतन्त्रताकी मुर्ती 'स्टाचु अफ लिबर्टी' मा अभियन्ताहरुले शरणार्थीलाई स्वागत लेखेको ब्यानर टाँसेका छन्। अमेरिकाको ब्यस्त शहर न्युयोर्कको उक्त मुर्तीमा कसरी ब्यानर राखियो यसबारे प्रहरी अनुसन्धान गर्दैछ। उकत ब्यानर राखेको १ घण्टा पछि प्रहरीले उक्त ब्यानर उतारेको थियो। 
 
अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछि आप्रवासी र शरणार्थीहरु प्रति अनुदार नीतिको घोषना गरेका थिए। उनले केही ईश्लामी देशहरुका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए। उक्त प्रतिबन्धको अदालतले कार्यन्वयन नगर्न भनेर स्टे अर्डर दिइसकेको छ। 
 
ट्रम्प प्रशासनले आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम लागु गरेसंगै अवैध रुपमा बस्दै आएका विदेशीलाई तनाव भएको हो । 
 
कागजात नभएका र आपराधिक गतिविधिमा संलग्न आप्रावासीलाई देश निकाला गर्ने नयाँ नियम लागु गरिएको हो । 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुसार ट्रम्प प्रशासनले जतिसक्यो छिटो अवैध तरिकाले बसिरहेका आप्रवासीलाई फिर्ता पठाउने उद्धेश्यले यो कडा नियम ल्याएको हो । 
 
ट्राफिक नियम तोडेका र लुटपाटमा संलग्नहरुसमेत पक्राउ पर्न बित्तिकै देश निकाला हुनेछन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ