arrow

एमालेको नयाँ रणनीति, विपक्षी गठबन्धनको निर्णय अनुसार सांसद परिचालन

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
samsad-bhawan.jpeg

काठमाडौं । संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव अघि बढ्न दिने संकेत दिएको चर्चा चलिरहेकैबीच एमाले संसदीय दलको बैठकले विपक्षी ९ दलको गठबन्धनको निर्णयअनुसार सांसदहरुलाई परिचालित हुन निर्देशन दिएको छ ।

नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा सहभागि सांसद गंगालाल तुलाधरले संविधान संशोधन विधेयक अघि बढ्न नदिने एमालेको पूर्ववत अडान कायमै रहेपछि संसदीय दलका नेता केपी ओलीले विपक्षी ९ दलको गठबन्धनले गरेको निर्णय अनुसार परिचालित हुन निर्देशन दिएको बताए । विपक्षी ९ दलीय गठबन्धनको बैठक चलिरहेको छ ।

यस्तै, संसदीय दलको बैठकले एमालेको मेची–महाकाली अभियानमा आफुलाई पायक पर्ने स्थानमा गइ सहभागि हुन सांसदहरुलाई निर्देशन दिएको सांसद तुलाधरले बताए । उनले भने, ‘समसामयिक विषय भन्दा पनि हाम्रो आफ्नै अभियानबारे सांसदहरुलाई परिचालन गर्न बैठक बसेको थियो । त्यसैमा संविधान संशोधन विधेयकबारे विचार गरियोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको भन्ने जानकारीका आधारमा गठबन्धनको निर्णय अनुसार परिचालित हुने भन्ने निर्णय भएको हो ।’

बुधबारको संसद बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने कार्यसूची छ । संसद सचिवालयका अनुसार सम्भावित कार्यसूचीमा संशोधन विधेयक र महाअभियोग सिफारिस समितिको प्रतिवेदन रहने छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधले संसदमा संविधान संशोधन विधेयक अघि बढ्न सकेको थिएन । मंगलबार बसेको सर्वदलीय बैठकमा एमालेले लचक हुने संकेत दिएपछि संसदमा विधेयक पेश हुन लागेको हो ।

आवेग र उत्तेजनामा नआइ होसियारी अपनाउन निर्देशन
संसदीय दलका नेता ओलीले आवेग र उत्तेजनामा होइन, जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन सांसदलाई निर्देशन दिए । संसदीय दल र संसदीय विभागको संयुक्त बैठकमा ओलीले आगामी वैशाख ३१ का लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनलाई बाधा नहोस् भन्ने ढङ्गबाट होसियारीपूर्वक प्रस्तुत हुन निर्देशन दिनएका हुन् ।

अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव गैर सवैधानिक भएकाले कुनै पनि हालतमा पारित हुन नसक्ने र हुन नदिइने बताउँदै एमाले सहितका नौ दलको निर्णयपछि मात्र संसद्मा कसरी प्रस्तुत हुनेभन्ने यकिन हुनेबारे जानकारी गराएको सांसद रेवतीरमण भण्डारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ