arrow

च्याम्पियन्स लिग फुटबलः सेभिया र युभेन्टस विजयी

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
uventus.jpeg
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा युभेन्टस र सेभिया विजयी भएका छन् । राउन्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा इटालियन क्लव युभेन्टसले पोर्चुगिच क्लव एफसी पोर्टोलाई उसकै मैदानमा २–० ले हराएको हो ।
 
खेलको २७ मिनेटमै एलेक्सिस टेलेस दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० जनामा समेटिएको पोर्टो दबाबमा आयो । त्यसको फाइदा भने युभेन्टसले धेरै ढिला गरी उठायो । ७२ औं मिनेटमा मार्को जाकाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।
 
त्यस्तै डानी एल्भेसले अर्को गोल गर्दै युभेन्टसलाई जिताए । अबे दुई गोल गरेसंगै अब दोस्रो लेग घरेलु मैदानमा खेल्दा पक्कै पनि युभेन्टस विजयी हुने विश्वास गरिएको छ । युभेन्टसले इटालियन सिरि–ए मा पनि राम्रो प्रदर्शन गर्दै आएको छ । 
 
त्यस्तै स्पेनिश क्लव सेभियाले इङलिश प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई २–१ ले हरायो । घरेलु मैदानमा खेलेको सेभियालाई जिताउन खेलेको २५ मिनेटमै पाब्लो सराबियाले गोल गरे ।
 
त्यसपछि जोआक्विन कोरिआले अग्रतालाई दोब्बर पारे । ७३ औं मिनेटमा जमाइ भार्डीले सान्त्वना गोल फर्काए पनि टिमलाई बराबरीसम्म पनि ल्याउन सकेनन् । 
Marko Pjaca takes advantage of a lucky break to fire home and break the deadlock at the Estadio do Dragao 
Pjaca wheels away in celebration after finding the net for the first time in a Juventus shirt to secure a valuable away goal 
Alex Telles is shown a red card by referee Felix Brych after picking up a second yellow for fouling Stephan Lichsteiner
Leicester's players celebrate after Vardy's timely strike had brought them back into the knockout tie
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ