arrow

संसद बैठक अवरुद्ध नगर्ने विपक्षी ९ दलको निर्णय

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
uml-party-office-in-dhumbar.jpg.jpeg

काठमाडौं । एमालेसहितको विपक्षी ९ दलको गठबन्धनले संसद अवरुद्ध नगर्ने निर्णय गरेको छ । सरकारले संविधान संशोधन विधेयक कार्यसूचीमा राखेपनि विपक्षीले बैठक अवरोध नगर्ने निर्णय गरेपछि संसद चलेको छ । यद्यपि, संसदीय प्रक्रियामा विपक्षीहरुले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुन नदिने अडान कायमै राखेका छन् ।

यसअघि, बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा  प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीसहितको बैठकमा संसदको प्रक्रिया अघि बढाउने सहमति जुटेको थियो । प्रधानमन्त्रीसँगको छलफलमा संविधान संशोधन विधेयकलगायत संसदको सबै विजनेश अभि बढाउने सन्दर्भमा सहमति जुटेका सभामुख घर्तीले बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ