arrow

बालिका बलात्कारको प्रयासमा स्थानियद्वारा सिमा प्रहरी चौकीमा आक्रमण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ फागुन १२ बिहिबार
rape.jpg.jpeg
 कपिलवस्तु । कपिलवस्तुमा पछिल्लो तीन साता भित्र  जबरजस्तीकरणी सम्बन्धका घटना  हरु बाहिर भएका छन्  । केही दिन यता  जिल्लामा  तीन वटा जबरजस्तीकरणीका घटना भएका हुन  । बिहिबार कपिलवस्तुको नेपाल भारत  सिमावर्ती क्षेत्र हर्दौना गाबिसमा एक बालिका माथी बलात्कार प्रयास भएको छ । हर्दौना गाविस  वडा नम्बर ७ करैलियाकी १२ बर्षिय बालिकालाई गाबिसको वडा नम्बर ४ का १८ बर्षिय सद्दाम हुसेन पठानले जबरजस्तीकरणीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । हर्दौना ७ स्थित सिमा क्षेत्रको खेतमा  गुईठा खोज्न गएकी उनलाई पठानले  जवैजस्ती  करणी गर्ने प्रयास गरेका थिए । 
 
 करणी गर्ने उद्धेश्यले बालिका माथी हातपातको प्रयास र हातपात गर्दा बालिकाले हार गुहार गर्दा स्थानियले  थाहा पाएपछि पिडकलाई लखेटेका थिए । स्थानीयले घेरा हाले पछि करणी प्रयास गर्ने पठान लाई प्रहरीले नियनत्रणमा लिई सिमा प्रहरी चौकी हर्दौनामा पुर्‍याएका थिए । आरोपी युवालाई प्रहरीले पक्राउ गरेपछि स्थानीय वासिन्दाले चौकीमा आक्रमण गरेको प्रहरीले जनाईएको छ । झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर र १० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । 
 
 स्थानिय र प्रहरी बिचको झडपमा  तीन प्रहरी र सात स्थानिय सामान्य घाईते भएको खुल्न आएको छ । घटनामा सीमा प्रहरी चौकी हर्दौना कपिलवस्तुका इन्चार्ज प्रहरी नायब निरिक्षक प्रेमकुमार चौधरी, प्रहरी जवान गणेशमान खटिक, अर्जुन थापा रहेको नायब उपरिक्षक अधिकारीले बताए । आक्रोशित स्थानीयले प्रहरीको ना १ ग ४९४ सहित दुईवटा गाडी तोडफोड गरेका छन । स्थानीयले प्रहरीमाथि आक्रमण गरेपछि सदरमुकाम तौलिहवाबाट जिल्ला प्रहरी उपरिक्षक भोजजंग शाह र प्रहरी नायब उपरिक्षक प्रहलाद अधिकारी सहित नजिकका प्रहरी युनिटको टोली हर्दौना पुगेको थियो ।
 
 घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको बलात्कार प्रयास भएको र बालिका माथी हातपात हुदै गर्दा स्थानियले घेरा हाले पछि आरोपी पठान घटनास्थलबाट फरार भएको भए पनि पिडक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । यस अघि जिल्लाको पकडीमा माघ २६ गते सामुहिक बलात्कार, फागुन २ गते शिवराज नगरपालिकामा नाबालिका माथी बलात्कार पछि हत्या र फागुन ९ गते पटनामा नाबालिक माथी नै करणीको घटना भएको थियो ।  उक्त घटना प्रती स्थानीय नागरिक तथा विभिन्न संघ संस्थाहरुले भर्सना गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ