arrow

अन्तराष्ट्रिय दलित सांसद सम्मेलन आजबाट काठमाडौंमा

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
saarc-logo.jpg.jpeg
काठमाडौँ ।  दक्षिण एसियाका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन शनिबारबाट काठमाडौँमा सुरु हुँदैछ ।  
 
एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा हुने दुईदिने सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल गरिने जनाइएको छ ।  
 
मञ्चका अनुसार दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायतका देशमा जातीय विभेद विद्यमान छ ।  
 
यिनै देशका दलित सांसदले संयुक्त पहल गर्न सम्मेलन आयोजना गरिएको मञ्चका संयोजक एवं सांसद मीन विश्वकर्माले जानकारी दिनुभयो ।  
 
शुक्रबार मञ्चले पत्रकार सम्मेलन आयोजना गरेर फागुन १४ र १५ गते संसारमा अन्धविश्वास र कुरीतिका रूपमा रहेको छुवाछूत तथा जातीय भेदभाव अन्त्यका लागि एसिया दलित अधिकार फोरमको सहयोगमा उक्त सम्मेलन गर्न लागिएको जानकारी दिएको छ ।  
 
सम्मेलनमा विभिन्न देशमा रहेको जातीय भेदभाव तथा छुवाछूतको अवस्था र अबको रणनीतिबारे छलफल हुने पत्रकार सम्मेलनमा बताइयो । (गोरखापत्र)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ