arrow

भारत बिरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया ३३३ रनले बिजयी

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
AUS_Ind.jpeg
पुणे, भारत। श्रृखंलाको पहिलो टेष्ट क्रिकेटमा भारत बिरुद्ध अष्ट्रेलियाले बिजयी शुरुवात गरेको छ। चार खेलको श्रृखंलाको पहिलो खेलमा अष्ट्रेलिया ३३३ रनले बिजयी भएको हो। 
 
टस जितेर पहिले ब्याटीङ गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा २६० रन बनाएको थियो। अष्ट्रेलियाकालागि म्याट रेनशाले ६८ रन बनाएका थिए भने मिचेल स्टार्कले ६१ रनको योगदान दिएका थिए। 
 
भारतकालागि उमेश यादवले ४ विकेट तथा रविचन्द्रन आश्विनले ३ विकेट लिएका थिए।  त्यसैगरि रविन्द्र जडेजाले २ विकेट हात पारेका थिए। 
 
आफ्नो घरमा राम्रो केलको प्रदर्शन गर्ने भारत पहिलो पारीमा सस्तोमै समेटिएको थियो। भारतलाई १०५ रनमा समेट्ने क्रममा स्टिभ ओ'किफले ६ विकेट लिएका थिए। त्यसैगरि मिचेल स्टार्कले २ विकेट हात पारेका थिए। 
 
भारतकालागि लोकेश राहुलले ६४ रन बनाएका थिए। भारतका ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । मुरली बिजयले १०  रन बनाएका थिए भने अजंके रहानेले १३ रनको योगदान दिएका थिए। 
 
पहिलो पारीमा १५५ रनको अग्रता पाएको अष्ट्रेलियाले दोस्रो पारीमा २८५ रन बनाएको थियो। उसकालागि कप्तान स्टिभ स्मिथले १०९ रन बनाएका थिए भने म्याट रेनशा र मिचेल मार्शले ३१-३१ रनको योगदान दिएका थिए। भारतकालागि आश्विनले ४ विकेट लिएका थिए भने जडेजाले ३ विकेट हात पारेका थिए। 
 
दोस्रो पारीमा ४४१ रनको बिजय लक्ष्य पच्छ्याएको भारत १०७ रनमा समेटिएको थियो। भारतलाई सस्तोमा समेट्ने क्रममा स्टिभ ओ'किफले ६ विकेट तथा नथान ल्योनले ४ विकेट लिएका थिए। भारतकालागि चेतेश्वर पुजाराले सार्वाधिक ३१ रनको योगदान दिएका थिए। 
 
अष्ट्रेलियाको कसिलो बलिङका सामू भारत टिक्न सकेन र  तीन दिनमा सकिएको टेष्टमा कुनै पनि शेसनमा भारतले अष्ट्रेलियालाई जित्न सकेन ।
 
खेलका प्लेयर अप म्याच स्टिभ ओ'किफले  घोषित भएका थिए। उनले खेलमा ७० रन खर्चिंदै १२ विकेट लिएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ