arrow

मधेसी मोर्चाले संशोधन दर्ता गराउने चार विषय के–के हुन् ?

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
morcha-20.jpeg

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ मा चार विषयमा संशोधन प्रस्ताव दर्ता गराउने भएको छ । बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको सचिवालय बैठकले भाषा, नागरिकता, सङ्घीयता र राष्ट्रिय सभा गठनबारे संशोधन प्रस्ताव पेस गर्ने निर्णय गरेको हो ।

यी चार विषयमा संशोधन प्रस्ताव लैजाने तयारी भएको मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनिष सुमनले राससलाई जानकारी दिए । उनले संशोधन प्रस्तावबारे सरोकारवालासँग छलफल भइरहेको पनि बताए । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रक्रिया गत विहिबार सुरु भएको थियो । सरकारले गत मङ्सिर १४ गते सो प्रस्ताव संसद्मा दर्ता गरेको थियो ।

संसद्ले ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७३’, माथि थप संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही फागुन १५ गते कार्यालय समयभित्रको समयसीमा दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ