arrow

संशोधन प्रस्तावको पक्षमा कट्टर बन्दै मधेशका काँग्रेसी सांसद्

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
Congres-FNL.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसमा मधेशी सांसदहरु व्यवस्थापिका संसद्मा दर्ता गरिएको संशोधन प्रस्तावको पक्षमा कट्टर बन्दै गएका छन् । संविधान संशोधन प्रस्तावको विषयमा छलफल गर्नको लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा उनीहरुले संशोधन प्रस्ताव जसरीपनि पारित गराई छाड्ने पक्षमा सांसद्हरु देखिएको सभापति देउवाले जानकारी दिए । 
 
उनले नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने प्रतिवद्धता पनि दोहोर्‍याए । प्रस्तावमाथि थप पूरक प्रस्ताव आउँछ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले हाल दर्ता भएको प्रस्ताव नै पारित हुने विश्वास गरे । एक फरक प्रसङ्गमा सभापति देउवाले राजदूत नियुक्तिको विषय पार्टी केन्द्रीय समितिमा छलफल गर्न आवश्यक नरहेको बताए । 
 
बैठकमा सहभागि काँग्रेस नेता फरमुल्ला मन्सुरले प्रस्ताव ‘सम्पूर्ण तराई–मधेसका जनताको हितमा भएकाले’ प्रस्ताव पारित गर्न काँग्रेस एक ढिक्का भएर लाग्नेछ, भने। ‘मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन र संविधानप्रतिको असन्तुष्टि समाप्त पार्न संशोधन आएकाले’ यसलाई जसरी भए पनि पारित गराउनुपर्ने निष्कर्षमा काँग्रेस पुगेको उनको भनाई छ । पूरक पूस्तावका सम्बन्धमा नेता मन्सुरले सत्ता पक्ष सबै दलको सहमतिमा अघि बढ्ने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ