arrow

स्थानीय निर्वाचनमा सहभागी हुन १८ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
Election_commition.jpeg
काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको लागि निवेदन आह्वान गरेको छ । आईतबार एक विज्ञप्ती जारी गर्दै आयोगले गत माघ १७ गतसम्म विवरण उपलब्ध गराउने राजनीतिक दललाई फाल्गुन १८ गतेभित्र निवेदन दिनको लागि आह्वान गरेको हो । 
 
आयोगद्वारा जारी विज्ञप्तीमा आईतबार बसेको बैठकले सो निर्णय गरिएको जनाईएको छ । सो निर्णयानुसार, आयोगको यस अघि संवत् २०७३ साल कार्तिक १ गते र २ गतेको गोरखापत्र दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भई पुनः संवत् २०७३ साल पौष २५ गतेको गोरखापत्र दैनिक पत्रिकामा प्रकाशित आयोगको सूचना बमोजिम संवत् २०७३ साल माघ १७ गतेभित्र आफू क्रियाशील रहेका जिल्लाका जिल्लास्तरीय समितिमार्फत सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दलहरूले निवेदन दिन सकिने जनाईएको छ । 
 
त्यस्तै, आयोगको मिति २०७३ साल पौष २५ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुरूप विवरण उपलब्ध गराउने राजनीतिक दलले पुनः यस सूचना बमोजिम निवेदन दिन नसकेको अवस्थामा समेत संविधानको धारा २७१ को प्रयोजनार्थ आयोगबाट मान्यता दिने जानकारी पनि दिएको छ । निवेदन दिने ढाँचा आयोगको आधिकारिक वेभसाईटबाट पनि पत्ता लगाउन समिने जनाईएको छ । 
दल दर्ता गर्ने निवेदनको ढाँचा तल उल्लेख गरिएको छ । 
Displaying Untitled-1.jpg
 
Displaying Untitled-2.jpg
 
Displaying Untitled-3.jpg
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ