arrow

पत्रकार महासंघको नेतृत्व गैरजिम्मेवार बन्दै, छ दिनदेखि मुख्यालयमा आमरण अनसन जारी

नेतृत्वले पराकाष्ठा नाघेको निष्कर्ष

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
FNJ-strike.jpeg
काठमाडौं । नेपाल पत्रकार महासंघले विधि, विधान र प्रक्रिया विपरित सदस्यता वितरण तत्काल रोक्नेलगायतका चारबुँदे माग राखेर केन्द्रीय कार्यालयको मुलढोकामा छ दिनदेखि आमरण अनसन बसेका दुई पत्रकारको स्वास्थ्य गम्भीर बन्दै गएको छ । महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारी छ दिनदेखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनशन बसिरहेका हुन् । 
 
तर उनीहरुले उठाएका जायज माग पुरा गर्न महासंघका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टसहितको टोलीले अस्विकार गरेपछि बार्ता निष्कर्षमा पुग्न सकेको छैन । 
 
तीन चरणमा वार्ता भए पनि सफल हुन नसकेको ईलाम जिल्ला पत्रकार महासंघका पूर्व सभापति सोमनाथ सुसेलीले बताए । उनले भने, ‘साथीहरुका जायज माग पूरा गर्न छाडेर अहिलेको नेतृत्व जिल्लाजिल्लामा घुमेको छ, नेतृत्वले तानाशाही प्रवृत्ति देखाइरहेको छ, अब हामी कडा आन्दोलन गर्छौं ।’
 
सुसेलीले आमरण अनसनरत ढुंगाना र अधिकारीको अवस्था गम्भीर बन्दासमेत डा महेन्द्र विष्टले कुनै वास्ता नगरेको भन्दै यसबारेमा सबै पत्रकारले थाहा पाउनु जरुरी रहेको बताए ।
 
आमरण अनसनकारीलाई प्रेरणा मिलोस् भन्दै सोमबारदेखि संगसंगै रिले अनसन गर्ने तयारी भएको जनाएका छन् । त्यसका लागि पत्रकारहरु छलफलमा जुटेको पनि उनले बताए । 
 
विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् ।
 
राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्न माग विधानविपरित र धाँधलीपूर्ण तरिकाले एकलौटी संचालन गरिएका इलाम र ताप्लेजुङका जिल्ला अधिवेशन खारेजी गरी प्रतिनिधिहरुलाई समेत कारबाहीको माग गरिएको छ ।
 
लामो समयदेखि पत्रकारितामा निस्क्रिय रहेका, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारी र अन्य पेशामा संलग्न महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल सुरु गर्न पनि अनसनकारीले माग गरेका छन् ।
 
आइतबार साँझ अनसनकारीका तर्फबाट सुसेली, रामप्रसाद दाहाल, तोयानाथ भट्टराई र विप्लब भट्टराईसहितको टोली र महासंघका तर्फबाट अध्यक्ष विष्ट, उपाध्यक्ष अनिता बिन्दु, महासचिब उजिर मगरलगायत बार्तामा थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ