arrow

सेना परिचालन गरेर भएपनि स्थानीय निर्वाचन गर्नुपर्छ : बिजुक्छे

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
narayan.jpg.jpeg.jpeg
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । रफत सञ्चार क्लवमा सोमबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताए । 
 
उनले जहिलेसम्म संशोधन हुँदैन् त्यसबेलासम्म सरकार नरहने भएकाले यो सरकारको औचित्यता नभएको बताए । उनले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै सेना परिचालन गरेर भएपनि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए । स्थायिन तहको निर्वाचन नहोस् भन्ने खेलमा बिदेशी चलखेल भएको भन्दै खण्ड खण्डमा भए पनि निर्वाचन गरिनु पर्नेमा उनले जोड दिए ।
 
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा र सिके राउत एउटै शक्ति केन्द्रबाट परिचालन भएको दावी गर्दै बिजुक्छेंले उपत्यकामा विदेशी संयन्त्रले सरकार सञ्चालन गरिरहेको आरोप लगाए । नेपालको सरकार काठमाडौमै रहेका विदेशी संयन्त्रको निर्देशनमा चलेको उनको आरोप छ । कांँग्रेस र माओवादी एउटै शक्ति केन्द्रबाट परिचालीत भएको हो भने पार्टी फरक हुनुको औचीत्यता नभएको समेत उनले टिप्पणी गरे । 
 
अध्यक्ष बिजुक्छेंले मधेशी मोर्चाले निर्वाचनको विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने जिकिर गरे । मधेशी मोर्चाले उठाएका माग तराईका जनताको नभएको बताउँदै उनले तराईका सबै ठाउँमा निर्वाचन गर्न सकिने भएकाले यदी अवरोध भए सेना परिचालन गरेर भएपनि निर्वाचन गर्नुपर्नेमा बताए ।
 
उनले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने र नयाँ सरकार गठनपछि मात्र निर्वाचन हुने बताउँदै तोकिएको समयमा निर्वाचन गर्न सरकारले खुटा कमाउनुनहुने बताए । यदी निर्वाचन गर्ने वातावरण आएन भने सरकारले पालेका सेना, प्रहरीको के काम भन्दै उनले प्रश्न गर्दै भने, सरकारले जसरी पनि निर्वाचन गर्नुपर्छ । यदी निर्वाचन गर्न सकिएन भने सेना परिचलान गर्नुको औचीत्यता छैन् ।
 
उनले संविधान संशोधनमा एमालेले लचकता अपनाउनुको पछाडि विदेशी दबाब हुन सक्ने बताउँदै संविधान संशोधन पारित भए देश नरहनेसमेत बताए । संविधान संशोधन नभएसम्म वर्तमान सरकार टिक्ने र वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने उनको भनाइ छ । 
 
उनले सत्ता समिकरण बद्लिने सम्भावना रहेकाले तोकिएको समयमा निर्वाचन नहुने बताए । उनले प्रमुख प्रतिपक्ष नरहने गरी थ्रेस होल्डको कुरा आइरहेकाले थे्रस होल्ड संख्याको आधारमा नभई विचारको आधारमा गरिनुनपर्ने बताए ।
 
उनले संविधान संशोधन प्रस्तावको पार्टीले निरन्तर रुपमा विरोध गरिरहेको बताउँदै संविधान संशोधनमा एमालेले अपनाएको लचकता देश र जनताको हितमा नभएको बताए । 
 
निर्वाचनको समयमा सिडियो सरुवा गर्नु भनेको आफना मान्छे पठाएर चुनावलाई प्रभाव पार्ने षड्यन्त्र भएको बिजुक्छँेले बताए । उनले नेपाल प्रहरीको आईजीपिको बिषयमा जसरी भागबण्डाको खेल भइरहेको छ यसले नेपालको सुरक्षा निकायमा समेत आर्थिक चलखेलले ब्यापकता पाएको र यो देशको अहितमा रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ