एजेन्सी। अमेरिकाको लस एन्जलसमा ८९ औं ओस्कर अवार्ड सम्पन्न भएको छ। हलिउडमा देखि सकेकी बलिउड अभिनेत्री प्रियंका चोपडा गोल्डन ग्लोब्स अवार्ड र पीपल्स च्वाइस अवार्ड पछि ओस्कार अवार्डको रेड कर्पेटमा पुगेकी हुन्। उनि सिल्भर कलरको ड्रेसमा को-स्टार ड्याने जनसनसँग रेड कार्पेटमा देखीएकी हुन्।
सो ड्रेसमा प्रियंका निकै सुन्दर देखिएकी थिइन् । प्रियंले दुई हात जोड्दै सबैलाई नमस्कार गरिन्। जुहैर मुरादले डिजाइन गरकेो ड्रेस लगाएकी हुन्। उनले लीव श्रीबरसँग सर्वश्रेष्ठ फिल्म सम्पादनको पुरस्कार प्रदान गरेकी थिइन्। यस बर्षको ओस्कार अवार्डमा चलचित्र मुनलाइटले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सबै भन्दा धेरै १४ विधामा मनोनयनमा परेको चलचित्र ला ला ल्याण्डलाई पछि पार्दै मुनलाइट सर्वोत्कृष्ट चलचित्र बनेको हो।